कास्कीको मादीमा दुर्गालाई पेट्रोल छर्किएर आगो लगाउने उमेश पक्राउ
पाेखरा | मंसिर २८, २०८१
Photo: Kaski Police
पोखरा: कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा प्रहरीले उमेश राईलाई पक्राउ गरेको छ ।
हिजो (बिहीबार) आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार भएका थिए ।
गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएको सूचनापछि खोजतलाजको क्रममा खोटाङ दिक्टेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका राईलाई मादी गाउँपालिका–५ सुनपहेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
डिएसपी शर्माका अनुसार आगो लागेर घाइते भएका गुरुङको किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट घाइते भएको गुरुङको पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालबाट आज मणिपाल शिक्षण अस्पताल पठाएपनि थप उपचारको लागि काठमाडौं पठाइएको कास्की प्रहरीले जनाएको छ ।

गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा पक्राउ परेका राईको साथबाट प्रहरील ३ थान लाईटर, १ थान बोत्तल, ३ थान मोवाईल र १ थान लाईसेन्स बरामद गरेको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका राई पोखरा महानगरपालिका–१३ काहुँखोला बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

